भवन बनाउन गाउँपालिकालाई निःशुल्क जग्गा

तेह्रथुमको फेदाप गाउँपालिकालाई कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले ६० लाख मूल्यबराबरको ६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । गाउँपालिकाको केन्द्र औँसीबजारनजिकै भवन निर्माणका लागि ६ रोपनी जग्गा प्राप्त भएको र सो जग्गा गाउँपालिकाको नाममा रजिस्ट्रेसन पाससमेत गरिसकिएको गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताए…