न्यायालयलाई भत्काउने र बचाउनेहरू

– गोपाल पराजुली नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र मात्र नभएर स्वतन्त्र न्यायालयका मूल्य मान्यतामा पक्षधर राष्ट्र पनि हो । बहुदलीय संसदीय व्यवस्था, स्वतन्त्र न्यायालय, नागरिक स्वतन्त्रता, जनताद्वारा चुनिएको सरकार, आवधिक निर्वाचनलगायत तमाम संवैधानिक व्यवस्थाहरूलाई भत्काउन नसकिने गरी संविधानद्वारा संरक्षित गरिएको छ । स्वतन्त्र न्यायालयका मूल्य–मान्यतालाई व्यवस्थित गर्ने मिलन घोषणापत्र (MILAN Declaration) ले न्यायाधीशहरूको सेवा, सर्त…