दुर्लभ रेडपाण्डाको छालासहित तीनजना समातिए

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित आइतबार नेपाल प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । बौद्धस्थित कैलाश गेस्टहाउसनजिक रेडपाण्डाको छाला लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले सोलुखुम्बुका आङदावा शेर्पा, लाक्पा शेर्पा र आङचिन्डु शेर्पालाई पक्राउ गरेको हो । महानगरीय प्रहरीको विशेष टोलीले सूचनाका आधारमा जाँच गर्दा रेडपाण्डाको छाला एक थान र बा.५८प १३७८ नं. को मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो…