सूचना तथा सञ्चार मन्त्रालयले नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गत अघि सारेको १०बुँदे सुधारात्मक कार्ययोजनाअनुसार नेपाल टेलिकमको हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने सेवा सञ्चालनमा आएको छ । डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार टेलिकमले बिहीबार (३२ असार)देखि उक्त सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका…