आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता

नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक आरके बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको आइएमईले जनाएको छ । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल…