भकुण्डेका ३ सय घरमा ‘एक घर एक धारा’ जडान गरिने   

बेसीशहर नगरपालिकाको वडा नम्बर २ भकुण्डेमा संचालन हुन लागेको खानेपानी आयोजनमा श्रमदान गर्न अमेरिकाबाट आएका १७ जनाको समूहलाई आइतबार भकुण्डेमा भव्य स्वागत गरिएको छ । स्थानीय खानेपानी आयोजनाका लागि अमेरिकाबाट आउनुभएका च्वाईस नेपालका संस्थापक ८३ बर्षीय डाक्टर जेम्स मेफिल्डको नेतृत्वमा रहेको १७ जनाको टिमलाई स्थानीयले नाचगानसहित भव्य स्वागत गरेका हुन् । टोलीलाई आमा समूह, बालकल्याण…