दूतावासले सूचना दिएपछि नक्कली प्रमाणपत्र बनाउने गिरोह प्रहरी नियन्त्रणमा

अमेरिकाको डिभी चिट्ठा परेकालाई आवश्यक शैक्षिक प्रमाणपत्रको नक्कल तयार गरी उपलब्ध गराउने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । नक्कली प्रमाणपत्र बनाउने दुई र सो बनाउन सहयोग गर्ने ६ जना गरी आठ जनालाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । सिन्धुलीको तीनपाटन–४ का रुद्रबहादुर मोक्तान, ताप्लेजुङको खेवाङ–२ का भुवानीप्रसाद भट्टराई, सत्यविनायक कम्युनिकेशनका सञ्चालक कालीकोटको तिलागुफा–६…