बजारमा हजारको नक्कली नोट, पहिचानमा सचेतना अपनाउन प्रहरीको आग्रह

बेनी बजारमा एक हजारको नक्कली नेपाली नोट प्रचलनमा ल्याइएको भेटिएको छ । म्याग्दीको सदरमुकामस्थित लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको हो । सहकारीका सञ्चालकले नोटमाथि शंका लागेपछि नेपाल बैंकको नोट परीक्षण गर्ने मेसिनबाट परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको थियो । उक्त नक्कली नोटको संकेत…