दाहालको निधनले पार्टी र सिंगो आन्दोलनमा ठूलो क्षति : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)ले पार्टीका पोलिटब्युरो सदस्य सत्कार दाहाल (प्रकाश) को हृदयघातबाट अल्पायुमै भएको निधनले पार्टी र सिंगो आन्दोलनमा ठूलो क्षति पुगेको जनाएको छ । पार्टी प्रवक्ता पम्फा भुसालद्धारा जारी शोक वक्तव्यमा पार्टीले एउटा जुझारु, उदीयमान नेता र व्यवस्थापक गुमाएको उल्लेख छ । प्रवक्ता भुसालले दाहालको निधनले सिंगो पार्टी पंक्ति शोकाकुल भएको बताउँदै पार्टीको तर्फबाट उहाँप्रति…