चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ बाट सम्मानित भएको छ । स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यासअनुरुप कार्य गर्दै आएकोले यस्तो सम्मानले सम्मानित गरिएको जनाइएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रिय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्ड सुलिभान र सिएनआईले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट संस्थापक अध्यक्ष एवम् संचालक…