झर्रोवादी साहित्यकार विजय खरेलको अमेरिकामा निधन

झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा आज अमेरिकाको टेक्सासमा निधन भएको छ । मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टा निवासी उहाँका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । उहाँ एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका जानुभएको थियो । ज्वरो र पिसाबमा सङ्क्रमण फैलिएपछि टेक्सासकै एक अस्पतालमा उहाँको एक सातादेखि उपचार भइरहेको थियो…