नेपाल प्रहरीको ध्यानाकर्षण

घटना र विचार साप्ताहिकको वर्ष–२० अङ्क ४४ (२०७२ वैशाख ३०) मा प्रकाशित ‘नेपाल प्रहरीमा करोडौँ भ्रष्टाचार...’ शीर्षकको समाचारप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल प्रहरी भीड नियन्त्रण ईक्वीपमेन्टका लागि विगत १८ महिनायता त्यस्तो कुनै पनि टेण्डर आह्वान गरी खरिद प्रक्रियामा गएको छैन । उक्त समाचारले आमजनमानसमा प्रहरी सङ्गठनकै छविमाथि नकारात्मक असर पार्ने भएकोले…