प्रधानमन्त्रीलाई जनताको खुला पत्र जनता हेर्ने कि अवसरवादीलाई स्थान दिने ?– राजेन्द्रप्रसाद पाठक नेका सभापति एवम् प्रधानमन्त्री सुशील’दा ! महोदयको उच्च राजनीतिक खेलमैदानमा उदय हुनुभन्दा पहिला यसको मतलब देशको प्रधानमन्त्रीजस्तो उच्च पद सम्हाल्नुभन्दा अगाडि तपार्इंको भूमिका स्वर्गीय गिरिजाबाबुको सल्लाहकार तथा पर्दापछाडिबाट उच्च राजनीतिक व्यक्तित्वलाई सुझाव दिई सुधार गर्ने जस्तो होला भन्ने जनताले महसुस नगरेका होइनन्…