बद्नाम गर्ने नियत त होइन ?

राजधानीबाट प्रकाशित घटना र विचार साप्ताहिकको यसअघिको अङ्कमा पाठक मञ्चकाअन्तर्गत मेरोबारेमा तथानाम लेखेर प्रकाशित समाचारले गम्भीर ध्यानाकर्षण गरेको छ । म पोखरामा विगत १५ वर्षदेखि पत्रकारिता गर्दै आएको छु । यो क्रममा यहाँका धेरै जुवाघर, भूमाफिया, गुण्डागर्दी र अनियमितता गर्ने समूह र व्यक्तिको समाचार प्रकाशन गरेको छु । यसबाट आजित भएकाहरू मेरोविरुद्धमा लाग्नु स्वाभाविकै हो…