कोसी ‘कहर’पछि अर्को विपत

केही वर्षको अन्तरालमा पूर्वीमधेसमा फेरि प्राकृतिक विपत्ले त्राहिमाम मच्चायो । गएको जेठ २ गते सिरहाको औरही गाविसमा भीषण आगलागीबाट करिब पन्ध्र सय घरपरिवार बिचल्लीमा परेको छ । सरकारी तथ्याङ्कमा भने यो सङ्ख्या अति न्यूनीकरण गरिएको छ जो आठ सयको हाराहारीमा छ । घटनापछि प्रधानमन्त्री बाबुराम भट्टराई उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र विजय गच्छदारलाई साथ लिएर उक्त…