अस्तित्वको चिन्ता छोडेर नेतृत्वको होडबाजी

बाह्रौँ महाधिवेशनको समाप्तिसँगै नेपाली काङ्ग्रेसको आन्तरिक जीवन रङ्गीन हुने आशा गरिएको भए पनि एघार महिना बितिसक्दासमेत पार्टी त्यसतर्फ उन्मुख हुन सकेको छैन । यद्यपि, केही समयअघि गरिएका जागरणसभा तथा केन्द्रीय आमसभाले आंशिक सञ्चार भने बढाएको भान दिलाएकै थियो । नेपाली काङ्ग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूका गतिविधि शून्यप्राय: रहेका पाइन्छन् । यसको सशक्त भ्रातृ सङ्गठनको रूपमा…