गोर्खालीको गरिमासँग जोडिएर पनि नेपाल र नेपालीको प्रसिद्धि विश्वभरि कहलिएको छ । भारत ब्रिटिस र सिंगापुर पुलिसमा आफ्नो छुट्टै इतिहास बनाएका गोर्खालीको योगदान हरेक क्षेत्रमा संलग्न रहिआएकोमा दुईमत छैन । तर, यस्तो गरिमालाई धमिल्याउने काम इराकमा बस्दै आएका एक गोर्खा क्याप्टेनले गर्द आएका छन् । सुनसरी धरान-८ घर भएका ब्रिटिस आर्मीका भूपू क्याप्टेन अम्बरबहादुर पन्दाक…