अन्तर्राष्ट्रिय हुने सौभाग्य पाएको क्रिस्तानी धर्मप्रवर्तक इशु क्राइष्टको नाममा चलेको इस्वी सम्वत् २०११ को सुरुवातसँगै नेपालमा सत्ता सञ्चालक समूहहरूका दुईवटा 'साहसी अभियान' सुरु भएका छन् । सरकारबाट घोषित पर्यटन वर्ष २०११ र नेपाली काङ्ग्रेसबाट घोषित जनजागरण अभियान । मुलुकमा आएको कथित शान्तिपछिको उपहार अकस्मात् हुने बन्द, तोडफोड, जलस्रोतको धनी भनेर सबैको फलाको भएको मुलुकमा बिजुली,…