प्रहरीका उच्चाधिकारीको यो गलफत्ती

आफ्नो सङ्गठनका विषयमा गम्भीर छलफल गर्ने भनी सुरक्षा निकायका केही बहालवाला र पूर्वउच्चाधिकारीबीच हालै एउटा जमघट आयोजना भएको थियो । बेलुका अबेरसम्म 'छलफल'मा बसेका ती अधिकारीहरूले हालै नेपाल सरकारले घोषणा गरेको तक्माको विषयलाई लिएर लामो समय गुजारे । तक्मा घोषणालगत्तै केही एनजीओ-आईएनजीओका अतिरिक्त कतिपय बुद्धिजीवी भन्नेहरूले डलर डकारेर प्रायोजित रूपमा यस्तो खेल खेलेका र प्रहरीभित्रैका…