होला कि नहोला भन्दाभन्दै नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशन सम्पन्न भइछाड्यो । पटकपटक तिथि सारिएकोले फेरि पनि महाधिवेशनको मिति सर्ने त होइन भन्ने आमकाङ्ग्रेसजनमा आशङ्का कायम नै थियो । 'देर आया दुरुस्त आया' भन्ने हिन्दीमा एउटा उखान छ, आखिर ढिलै भए पनि निकै उत्साह र भव्यताका साथ महाधिवेशन सम्पन्न भयो । मिनी महाधिवेशनका नामले पनि पुकारिने…