ग्रान्ड जजको रूपमा भारतका टेरेन्स लुइस आउने काठमाडौं - विश्वव्यापी रूपमा ख्यातिप्राप्त नृत्य प्रतियोगिता 'वर्ल्ड अफ डान्स'को नेपाली संस्करण 'वर्ल्ड अफ डान्स नेपाल २०२६' को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करणको सुरुवात गर्दै निर्णायक समिति, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो। सन् २००८ मा दक्षिणी…