जनताको आवाज छ-प्रचण्डले जवाफ दिनैपर्छ

३० वर्षे पञ्चायतविरुद्धको जनआन्दोलनले आएको प्रजातन्त्रलाई सत्तामोहमा लागी पञ्चेभन्दा हामी के कम भनी आफू, आफ्नो पार्टी र सम्पूर्ण टाठाबाठाले देशको ढुकुटी सिध्याउने काम मात्र गरे यी दुई ठूला पार्टी नेताहरूले । जसको फलस्वरूप ०५२ सालमा माओवादीको उदय भयो ५१ सालको मध्यावधिको परिणामले । ०५२ सालदेखिको माओवादीको आन्दोलनले, प्रजातन्त्रवादी भनाउँदा गिरिजा र माधव नेपालका नेताहरू र…