केन्द्रीय कारागारका सात कैदीबन्दीले गरे मतदान

केन्द्रीय कारागार जगन्नाथदेवल मतदान केन्द्रबाट सात कैदीबन्दीले मतदान गरेका छन् । आठ कैदीबन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी दिएका छन् । एक कैदीबन्दीको भने यसअघि नै अर्को कारागारमा स्थानान्तरण भएको थियो । बिहान ७ बजे नै मतदान सुरु भएमा ८ बजेअगावै उनीहरुले मतदान गरेका हुन् ।…