खर्कमा छाडिएको दुई गोरुको कंकाल भेटियो, स्थानीयवासीमा बढ्यो चिन्ता

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा चरनका लागि खर्कमा छाडिएको दुई वटा गोरुको कंकाल भेटिएको छ । रोपाइँ सकेपछि गत असारमा खर्कमा लगेर छाडिएको जीतबहादुर तामाङ र सरोज राईको एक/एक वटा गोरुको कंकाल फेला परेको हो । स्थानीय कुवापानी जंगलमा छाला काढेको, टाउको, हाडखोर अलग-अलग गरेको अवस्थामा गोरुको कंकाल फेला परेको हो । घुँडामुनिको छाला…