थाइल्यान्डमा आयोजित अनौठो ‘डेथ फेस्ट’ नामक कार्यक्रमले मानिसहरूलाई जीवनको अन्तिम सत्य अर्थात् मृत्युबारे खुलेर सोच्न र स्वीकार गर्न प्रेरित गरिरहेको छ । बैङ्कक नजिकैको नोन्थाबुरी प्रान्तमा आयोजित तीनदिने कार्यक्रममा सहभागीहरूले मृत्युको सामना गर्ने मानसिक तयारीसँगै त्यसका व्यावहारिक पक्षबारे जानकारी पाउने अवसर पाएका छन् । दोस्रो वर्षमा प्रवेश गरेको यो कार्यक्रमले धेरैलाई असहज लाग्ने विषयलाई सार्वजनिक…