बिहेमा जन्ती आएका व्यक्तिहरूलाई स्कारपियोले ठक्कर दिँदा एकको मृत्यु, ११ जना घाइते

घाइतेमध्ये केहीको अवस्था गम्भीर सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार (२९ फागुन) साँझ बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको स्कारपियोले बिहेमा जन्ती आएका व्यक्तिहरूलाई ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी…