काठमाडौंको ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा सङ्लग्न सात विदेशी महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात विदेशी महिलालाई शुक्रबार (८ जेठ) पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक…