बेलायतको सरकारी कलेजमा नेपाली गभर्नर

नेपालबाट नेपालीहरु विदेशिने क्रमसँगै विदेशमा नेपालीले आफुलाई विभिन्न स्तरमा स्थापित गर्दै गइरहेका पाइन्छन् । अध्ययन-अध्यापन, आ-आफ्नो ब्यवसायसंगै राजनीतिक रुपमा मेयर, काउन्सिलर जस्ता स्थानमा नेपालीहरुले आफुलाई स्थापित गरेका छन् । यही सिलसिलामा बेलायतवासी एक नेपालीले हालै बेलायतस्थित ह्याम्प्सायरको बेजिंगस्टोकस्थित आधा शताब्दी पुरानो सरकारी कलेजमा गभर्नरको रुपमा नियुक्ति पाएका छन् । बेलायतमा ब्यवसायिक एवम् समाजसेवीको रुपमा परिचय…