जापानको चिवा क्षेत्रमा नेपाल फेष्टिवल आयोजना हुँदै

विशेष प्रतिनिधि, जापान नेपालीहरूको बाक्लो बसोबास रहेको जापानको चिवा क्षेत्रमा नेपाल फेष्टिवल चिवा २०२४ हुने भएको छ । आगामी सेप्टेम्वर २२ आइतबार चिवाको माचुदो शहरमा फेष्टिवल आयोजना हुने भएको गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिवा क्षेत्रिय समितिका संयोजक समिर खडकाले जानकारी दिएका छन् । यसैबीच मंगलबार चिवा क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको एक भेलाले राजनबाबु सुवेदीको…