अस्ताए नेपाली लोकसङ्गीतका बहुप्रतिभाशाली गायक

रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो, सान्नानी… ऐयाया.. आत्थाथा… रेडियो नेपालबाट आजभन्दा पचास साठी वर्षअघि बज्ने यो गीत नसुन्ने पुराना पुस्ताका गीतप्रेमी शायदै कोही होलान् । यस्ता कालजयी गीत गाउने नेपाली लोकसङ्गीतका बहुप्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । झापा जिल्लाको दमक-१ स्थित आफ्नै निवासमा बिहीबार साँझ बेहोस…