सिद्धार्थमा भारतीय कलाकारको चित्र प्रदर्शन

कलाले सम्बन्ध जोड्छ । यही हेतुका साथ यतिबेला भारतीय कलाकारले काठमाडौंमा चित्रकला प्रदर्शन गरेका छन् । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा मंगलबार चित्रकला प्रदर्शनी सुरु गरिएको हो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ग्यालरीमा राखिएका चित्र अवलोकन गरेर प्रदर्शनीको उद्घाटन गरेका थिए । ‘भारतको सामूहिक अभिव्यक्ति’ शीर्षकमा गरिएको प्रदर्शनीमा १२ जना भारतीय कलाकारका अमूर्त शैलीका…