राष्ट्रिय स्रष्टा पुरस्कारबाट गीतकार विश्व बल्लभ सम्मानित

वरिष्ठ गीतकार विश्व बल्लभलाई शनिबार विराटनगरमा राष्ट्रिय स्रष्टा पुरस्कारबाट सम्मान गरिएको छ । गीतकार सङ्घ नेपाल काठमाडौंद्वारा सुन्दरहरैचामा आयोजित ११औँ वार्षिकोत्सव एवं नवौँ स्रष्टा सम्मान एवं गीत विमर्श कार्यक्रममा उनलाई रु एक लाख ५१ हजारसहित सम्मान गरिएको हो । यसैगरी राष्ट्रिय मातृ भाषा गीतकार पुरस्कारबाट कृष्ण गुरुङ (लमजुङ)लाई रु २५ हजारसहित सम्मान गरिएको छ ।…