इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा अज्ञात सशस्त्र व्यक्तिहरूले शनिबार नौ जना गैरइरानी नागरिकको हत्या गरेको अर्धसरकारी समाचार एजेन्सी मेहरले जनाएको छ । मेहरका अनुसार सशस्त्र व्यक्तिहरूले शनिबार बिहान सरावन काउन्टीको एउटा घरमा विदेशी नागरिकको हत्या गरेका छन् भने अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले घटनाको जिम्मेवारी लिएको छैन। घटनाको थप जानकारीका लागि अनुसन्धान भइरहेको…