समुदायका नेताहरू र रेडक्रसको बिहीबारको रिपोर्टअनुसार नाइजेरियाको उत्तर-मध्य पठार राज्यमा नयाँ हिंसा भएको एकै दिनमा ५५ जनाको मृत्यु भएको छ । त्यहाँ मुस्लिम गोठालाहरू र इसाई कृषक समुदायबीच झडप सुरु भएको हो । समुदायका नेताहरूका अनुसार पठारको मङ्गू स्थानीय जिल्लामा मङ्गलबार २४ घन्टे कर्फ्यु लगाइए पनि बुधबार दिनभर भएको थप आक्रमणमा विद्यालय, पूजास्थल र घरहरू…