मेक्सिकोको पुएब्ला राज्यबाट दुई हजार पाँच सय आप्रवासीको उद्धार

मेक्सिकोका अधिकारीहरूले जनवरीमा पुएब्ला राज्यमा दुई हजार ५०१ विदेशी आप्रवासीको उद्धार गरेको ‘नेशनल माइग्रेसन इन्स्टिच्युट’ले जनाएको छ । इन्स्टिच्युटले शुक्रबार विज्ञप्ति जारी गर्दै सङ्घीय, राज्य र नगरपालिका स्तरका अधिकारीहरूको समन्वयमा सयौँ आप्रवासीको उद्धार गरिएको जनाएको छ । ती आप्रवासीहरू ल्याटिन अमेरिका, अफ्रिका र एसियाका ३६ वटा देशबाट आएका थिए । 'सहायता प्राप्त गर्ने व्यक्तिमा ३०६…