हेनरी किसिन्जरको सय वर्षको उमेरमा निधन

अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा बुधबार निधन भएको छ । दोस्रो विश्वयुद्धपछि अमेरिकी शक्तिमार्फत विश्वलाई आकार दिन सहयोग गर्ने उनी महत्त्वाकांक्षी कूटनीतिज्ञका रुपमा चिनिएका थिए । आधुनिक समयमा सम्भवतः सबैभन्दा धेरै चिनिने अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरको कनेक्टिकटस्थित उनको घरमा निधन भएको किसिन्जर एसोसिएट्सले एक विज्ञप्तिमार्फत बताएको छ । विज्ञप्तिमा किसिन्जरको निधनको कारण उल्लेख…