क्रेमलिनले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । सोमबार मध्यरातमा समाप्त हुने सम्झौतालाई उसले दिउँसै त्यसको वास्तविक म्याद समाप्त भइसकेको बताएको हो । आफूले अघिसारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कन सक्ने पनि मस्कोले स्पष्ट गरेको छ । क्रेमलिनको उक्त घोषणा पछि मस्कोले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको…