हिमपहिरो परी पाकिस्तानमा पाँचको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मंगलबार राति गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएको छ । यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन् । घाइतेलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । तीमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ । यस हिमपहिरोमा परी…