आफन्त छुट्ने आशामा म्यानमारका जेलबाहिर आफन्तहरुको भीड

म्यानमारमा प्रजातन्त्रसमर्थक कैदीका परिवारका सदस्यहरु यहाँका विभिन्न जेलबाहिर भीड लागेका छन् । सैन्य सरकारले हजारौँको संख्यामा तिनका आफन्तहरु रिहा गर्ने प्रतिबद्धता जनाएपछि कैदीका परिजनहरुको भीड लागेको हो । गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारकोे विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक…