सिरियाको राजधानीमा मारिए इरानका उच्च कमाण्डर

इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको सिरियाको राजधानी दमास्कसमा गोली हानी हत्या गरिएको छ । गार्डका प्रमुख मेजर जनरल कासिम सुलेमानीको केही समय पहिले इराकमा भएको अमेरिकी आक्रमणमा मृत्यु भएको थियो भने उक्त संगठनका अर्का उच्च कमाण्डर फारहद दाविरियनलाई आवाजहीन अत्याधुनिक हतियारको प्रयोग गरी शुक्रबार (६ मार्चा) हत्या गरिएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् ।…