इटलीको राजधानी रोममा शनिबारदेखि जी २० को शिखर सम्मेलन सुरु भएको छ । आइतबारसम्म चल्ने दुईदिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली संघका प्रतिनिधिहरु सहभागी भएका छन् । सम्मेलनमा भौतिकरूपमै वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार चीनका राष्ट्रपति सि चिन फिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष…