इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनमा रहेका नेता नफ्ताली बेनेटले विपक्षी गठबन्धनसँग मिलेर सरकार बनाउने घोषणा गरेलगत्तै प्रधानमन्त्री नेतन्याहूको १२ वर्षे कार्यकाल समाप्तिको सङ्घारमा पुगेको छ । इजरायलको सानो तर कट्टरपन्थी दल यामिना पार्टीका नेता बेनेटको नाटकीय घोषणाले प्रधानमन्त्री नेतन्याहू र उनको दल लिकुड पार्टीलाई विपक्षमा पुऱ्यााउने छ । बेनेट र मुख्य विपक्षी दलका नेता याइर…