फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि शृंखलाबद्ध रूपमा भूकम्प गएका थिए । फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्युटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिस घरघरबाट आत्तिएर बाहिर सडक र खुला स्थानमा निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् । अमेरिकी भौगर्भिक सर्भेले सुनामीको खतरा…