४५ दिनपछि मालदिभ्समा हटाइयो सङ्कटकाल

मालदिभ्स सरकारले बिहीबारदेखि लागू हुनेगरी सङ्कटकाल हटाएको छ । मालदिभ्समा ४५ दिनदेखि सङ्कटकाल जारी थियो । राष्ट्रपति अब्दुल्ला यमीनद्वारा एक प्रेस विज्ञप्ति जारी गरी ४५ दिनदेखिको सङ्कटकाल हटेको घोषणा गरिएको छ । मालदिभ्स टाइम्समा आज प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, 'मालदिभ्सको सर्वोच्च अदालतमा कार्यरत दुई न्यायाधीशद्वारा संविधान बमोजिम बनेको सरकारलाई सत्ताबाट हटाउने अभिप्रायका साथ संविधान…