कन्जर्भेटिभ पार्टी (बेलायत)का नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा मङ्गलबार विजय प्राप्त गरेपछि उनको चर्चा चुलिएको छ । बोरिसले आज (बुधबार) बेलायती प्रधानमन्त्रीको रूपमा सपथ लिँदैछन् । नेता जोनसनको जन्म सन् १९६४ जुन १९ मा अमेरिकाको न्यूयोर्क शहरमा भएको थियो । सन् १९८३ मा एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी उनले अक्सफोर्ड बालिओल…