भ्रष्टाचार आरोप लागेका पाकिस्तानी प्रधानमन्त्री सरिफ पदमुक्त

भ्रष्टाचारको आरोप लागेपछि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ पदच्युत भएका छन् । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री सरिफमाथि भ्रष्टाचारको आरोपलाई लिएर प्रधानमन्त्रीको पदमा बस्न अयोग्य घोषणा गरेपछि शुक्रबार उनी पदमुक्त भएका हुन् । यसरी, पाकिस्तानको ७० वर्षको इतिहासमा सरिफ अदालतद्वारा अयोग्य घोषित हुने सरिफ दोस्रो वहालवाला प्रधानमन्त्री बन्न पुगेका छन् । पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार अदालतको फैसला आए…