अफगान गुप्तचर केन्द्र आक्रमणमा कम्तीमा ६५ को मृत्यु

अफगान गुप्तचर केन्द्रमा मंगलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मात्र मृत्यु भएको समाचार आएको थियो । गुप्तचर निकायको तालिम केन्द्रमा शुरुमा विस्फोटक पदार्थले भरिएको एक सवारीसाधन विस्फोट गराइएको थियो । त्यसलगत्तै कारमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको सुरक्षा स्रोतले जनाएको छ…