युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने ट्रम्पको प्रष्टोक्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोमा प्रवेश गर्ने र रुसबाट क्रिमिया प्रायद्वीप फिर्ता पाउने युक्रेनको आशा ‘असम्भव’ भएको बताएका छन् । एक टिभी अन्तर्वार्तामा ट्रम्पले युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी सेना नपठाउने पनि बताए । रिपब्लिकन राष्ट्रपति ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र अन्य युरोपेली नेताले गत सोमबार ह्वाइट हाउसमा रूस-युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले लामो वार्ता…