भावी विदेशमन्त्रीका लागि दावेदार मानिएका वरिष्ठ चिनियाँ कूटनीतिज्ञ लिउ जियानचाओ हिरासतमा

चीनका भावी विदेशमन्त्रीका लागि दावेदार मानिएका एक वरिष्ठ कूटनीतिज्ञलाई चिनियाँ अधिकारीहरूले सोधपुछका लागि हिरासतमा लिएको वाल स्ट्रिट जर्नलले जनाएको छ । विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने सत्तारूढ कम्युनिस्ट पार्टीअन्तर्गतको विभागका प्रमुख लिउ जियानचाओलाई जुलाईको अन्त्यमा विदेशको कार्य भ्रमणबाट बेइजिङ फर्केपछि हिरासतमा ‘लगिएको’ रिपोर्टमा उल्लेख छ । उनको हिरासतको कारण निर्धारण गर्न नसकिएको जनाइएको छ…