युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै दिनसम्म केही नखाई भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघको खाद्य सहायता निकायले जनाएको छ । उक्त निकायले गाजाको अवस्था ‘अझै डरलाग्दो र चिन्ताजनक स्तरको’ भएको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले यसअघि नै गाजामा भोकमरीको गम्भीर खतरा रहेको उल्लेख गरिसकेको थियो ।…