चीनद्वारा एकतर्फी रुपमा ‘एलएसी’ परिवर्तनको प्रयास गरिएको भारतको आरोप

भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले दुई देशलाई छुट्ट्याउने रेखा 'एलएसी'लाई एकतर्फी रुपमा परिवर्तनको प्रयास गरेको आरोप लगाउँदै बेइजिङको आलोचना गरेका छन् । अस्ट्रेलियाको जेडआईबी२ पोडकास्टलाई अन्तवार्ता दिँदै उनले भनेका छन्, ‘हामीबीच एलएसीलाई एकतर्फी ढंगले परिवर्तन नगर्ने सम्झौता भएको थियो, जसलाई उनीहरूले एकतर्फी रुपमा उल्लंघन गर्न खोजेका छन् ।' एलएसीको पश्चिममा रहेको गलवान उपत्यका र प्याङ्गोङ…